काठमाडौँमै १ सय ४१ मतदानस्थल सम्वेदनशील
प्रतिनिधि सभा र प्रदेश सभाको मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा सुरक्षाको दृष्टिले काठमाडौँका ३ सय २० मतदानस्थलमध्ये १ सय ४१ मतदानस्थल सम्वेदनशील रहेका छन् ।
सम्वेदनशील भनी पहिचान गरिएका मतदानस्थलमा निर्वाचन आयोग र काठमाडौँ जिल्ला सुरक्षा समितिले सुरक्षाको व्यवस्था कडा बनाउने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले ३ सय २० मतदानस्थलमा ७ सय ३१ मतदानकेन्द्र तोकेको जनाएको छ । जसमा १ सय ४१ मतदानस्थल सम्वेदनशील र १ सय ७९ मतदानस्थल समान्य रहेको प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी थ्रेट गोकर्णेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका र तारकेश्वर नगरपालिकामा रहेका छन् ।
काठमाडौँ जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सुरक्षा निकायसँग समन्वय गरेर सम्वेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाउने बताएका छन् ।
'सुरक्षा निकायसँग समन्वय गर्दै हरेक मतदानस्थलमा सुरक्षा व्यवस्था मिलाउनुका साथै सम्वेदनशील मानिएको मतदानस्थलमा सुरक्षा व्यवस्था थप शसक्त बनाउँछौँ ।'-शर्माले भने-'अरू मतदानस्थल भन्दा सम्वेदनशील मानिएका मतदानस्थलमा सुरक्षाकर्मीको परिचालन सङ्ख्यात्मक हिसाबमा बढी नै हुनेछ ।'
जिल्ला प्रशासन कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकामा १ सय ५६ मतदानस्थल रहेका छन् । जसमा १ सय ५ मतदानस्थल सामान्य र ५१ मतदानस्थल सम्वेदनशील रहेका छन् ।
किर्तिपुर नगरपालिकामा २० मतदानस्थल रहेका छन् । यहाँ १३ मतदानस्थल सामान्य र सात मतदानस्थल सम्वेदनशील रहेका छन् । दक्षिणकाली नगरपालिकामा १५ मतदानस्थल रहेकामा नौ मतदानस्थल सामान्य र ६ मतदानस्थल सम्वेदनशील रहेका छन् ।
१३ मतदानस्थल रहेको कागेश्वरी नगरपालिकामा दुई मतदानस्थल सामान्य र ११ मतदानस्थल सम्वेदनशील रहेका छन् । यसैगरी १४ मतदानस्थल रहेको शङ्खरापुर नगरपालिकामा आठ सामान्य र ६ ओटा सम्वेदनशील रहेका छन् ।
गोकर्णेश्वर नगरपालिकामा १७ मतदानस्थल रहेका छन् । जसमा एक सामान्य र १६ मतदानस्थल सम्वेदनशील रहेका छन् । यसैगरी १९ मतदानस्थल रहेको बुढानिलकण्ठमा ११ मतदानस्थल सामान्य र आठ मतदानस्थल सम्वेदनशील रहेका छन् ।
यसैगरी टोखा नगरपालिकामा १५ मतदानस्थल रहेका छन् । यहाँ नौ मतदानस्थल सामान्य र ६ मतदानस्थल सम्वेदनशील रहेका छन् । तारकेश्वर नगरपालिकामा १४ मतदानस्थल रहेकामा दुई मतदानस्थल सामान्य र १२ मतदानस्थल सम्वेदनशील रहेका छन् ।
नागार्जुन नगरपालिकामा-१५ मतदानस्थल रहेका छन् । नौ मतदानस्थल सामान्य र ६ मतदानस्थल सम्वेदनशील रहेका छन् । यस्तै चन्द्रागिरी नगरपालिकामा २२ मतदानस्थल रहेकामा १० मतदानस्थल सामान्य र १२ मतदानस्थल सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काठमडौँले जनाएको छ ।
सुभाष साह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…