काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप
स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच सानोभेरी गाउँपालिका-२ चाइनाबगर गाउँमा वैशाख २६ गते साँझ सात बजे झडप हुँदा दुवै पक्षका ६ जना कार्यकर्ता सामान्य घाइते भएका छन् ।
चुनाव प्रचारको क्रममा माओवादीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको नेपाली काङ्ग्रेसका सानोभेरी गाउँपालिका अध्यक्षका उम्मेदवार गोरख चन्दले जानकारी दिए । चुनाव प्रचार गर्न नदिन ठाउँठाउँमा माओवादी केन्द्रका कार्यकर्ताले आफूहरूलाई अवरोध गर्न खोजेको काङ्ग्रेसका उम्मेदवार चन्दको आरोप छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको र सो क्रममा एक जना म्यादी प्रहरी र दुई जना प्रहरी जवान सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अङ्गुर जिसीले बताए ।
वैशाख २५ गते सर्वदलीय बैठक बसेर दलहरू बीच कुनै प्रकारका झडप नगर्ने सहमति भए पनि सो पालना हुन सकेको छैन ।
आदर्श केसी
संबंधित समाचारहरू
सार्वजनिक यातायातमा कानुन अनुसारका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो
ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई ओटा सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनु…
बलात्कार गरेको कसुरमा १८ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४, शिबचोक घर भइ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने २४ वर्षीय उत्सव गुप्तालाई जिल्ला अदालत ललितपुरको इजलासले…
गाउँबस्तीमा हुने भोजमा दलित र गैरदलितका बेग्ला–बेग्लै भान्सा
नेपाल सरकारले २०६३ सालवाटै छुवाछुत मुक्त राष्ट्र घोषण गरी २०६८ सालबाट काुनन ल्याएर छुवाछुतलाई दण्डनीय बनाएपनि धनकुटाका गाउँबस्तीहरूमा दलित र गैरदलित समुदाय बिचको अन्तर भने कायम नै रहेको दलित समुदायको…
सात महिनादेखि खोप केन्द्रमा खानेपानीको अभाव, सेवाग्राही मर्कामा
भूमे गाउँपालिका–२ खेबाङको खोपकेन्द्रमा सात महिनादेखि खानेपानीको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । १५ महिना मुनिका नवजात शिशुलाई हरेक महिनामा नेपाल सरकारले राष्ट्रिय रूपमा नै खोप दिँदै आएको छ…
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा छलफल
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरू काम गर्ने क्रममा असुरक्षित रहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले मङ्सिर २० गते सुर्खेतस्थित कार्यालयमा आयोजना…