काङ्ग्रेस कार्यकर्ताबिच एकआपसमा झडप, १३ जना घाइते

  ०७४ भदौ २१ गते

सिरहा नपा­­-७ स्थित नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालयमा भदौ २१ गते सिरहा नपाको वडा अध्यक्षहरूको उम्मेदवारी छनौटको विषयमा विवाद हुँदा एक आपसमा झडप भएको छ ।

Photo20170906Siraha

मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबिच जिल्ला पार्टी कार्यालयमा झडप भएको हो । दुई पक्षबिच भएको झडपमा १३ जना घाइते भएका छन् ।

Photo20170906Siraha3

घाइते हुनेहरूमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर-३ का क्षेत्रीय सभापति सञ्जय यादव, कार्यकर्ताहरू बुधन यादव, देबनाथ सहनी, नागेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव, सुदन यादव, जयकुमार यादव, सरदिपकुमार साह, कामेश्वर यादव, मुकेशकुमार यादव, सरोजकुमार यादव रहेका छन् ।

Photo20170906Siraha2

घाइतेहरूको उपचार सिरहास्थित जिल्ला अस्पतालमा भएको छ भने गम्भीर घाइते भएका जगदिश यादवलाई विराटनगर 'रिफर' गरिएको जिल्ला अस्पतालका डाक्टर राकेश मण्डलले बताए ।

Photo20170906Siraha1

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले पार्टी विवादमा झडप भए पनि घटनास्थललाई नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, विराटनगरका संयोजक सोमराज थापा, प्रलेख अधिकृत देवराज पोखरेल, जिल्ला मानव अधिकार निगरानी समूहका संयोजक भैरवप्रसाद गेलाल र इन्सेक प्रतिनिधिले उपचार गराइरहेका पीडितहरूलाई अस्पतालमै भेटी घटनाको जानकारी लिएका छन् ।


दुर्गा परियार