काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि कुटपिट गरेको आरोप

  ०७४ असार ९ गते

भोजपुर नपा-४ का एमाले कार्यकर्ता २८ वर्षीय प्रदीप बस्नेतलाई सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ता ३० वर्षीय टङ्क पाण्डेले असार ९ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

एमालेको चुनावी सभामा स्थानीय क्लबको सामान प्रयोग गरेको विषयमा विवाद बढेपछि काङ्ग्रेस कार्यकर्ता पाण्डेले एमाले कार्यकर्ता बस्नेतलाई कुटपिट गरेको बस्नेतले आरोप लगाए । पाण्डेले लाति र मुक्काले टाउको र जीउमा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

पीडित बस्नेतको उजुरीका आधारमा प्रहरीले पाण्डेलाई गिरफ्तार गरेको प्रहरी चौकी दावाका असई धोजबहादुर तामाङले बताए ।


किरण राई