कर्मचारी अभावका कारण सेवाप्रवाहमा समस्या
रामेछाप जिल्लाका कुनै पनि गाउँपालिकामा दरबन्दी अनुसारका वडा सचिवहरू नहुँदा स्थानीय सरकारले नागरिकलाई दिने सेवा प्रभावित भएको छ ।
६ ओटा गाउँपालिका र दुई ओटा नगरपालिका रहेको रामेछाप जिल्लामा चार ओटा गाउँपालिकामा एक–एक जना मात्र वडा सचिव रहेका छन् भने दुई ओटा गाउँपालिकामा दुई–दुई जना मात्र वडा सचिव रहेका छन् ।
जिल्लाका दुई ओटा नगरपालिकाका वडामा समेत दरबन्दी अनुसारका वडा सचिवहरू नहुँदा प्राविधिक कर्मचारीहरूलाई समेत प्रशासनिक कामको जिम्मा लगाइएको छ ।
कर्मचारी अभावका कारण प्रशासनिक कामको जिम्मा प्राविधिक कर्मचारीलाई दिँदा वडाको काम पनि सहज रूपमा हुन सकेको छैन ।
रामेछाप नगरपालिकाले वडा नं ८ को वडा सचिवको जिम्मेवारी प्राविधिक कृष्णबहादुर भुजेललाई दिएको छ । आफु प्राविधिक क्षेत्रको कर्मचारी भएर प्रशासनिक काम गर्नु पर्दा काम पुरा भयो भनेर पठाएका कतिपय कागजपत्र नमिल्दा सर्वसाधारणलाई हैरानी भएको प्राविधिक कृष्णबहादुर भुजेलले बताए ।
यसरी कृषि प्राविधिकले प्रशासनिक कामको जिम्मा लिँदा कृषि क्षेत्रको काम पनि प्रभावित भएको उनले बताएका छन् ।
गाउँमा कुषि प्राविधिक नआउँदा बालि नालिमा रोग लाग्दा समेत प्राविधिकलाई देखाउन नपाइएको गुनासो कृषकहरूको रहेको छ ।
कृषि प्राविधिक वडा कार्यालयको काममा व्यस्त हुँदा गाउँमा बालीनालीमा किरा लागी बाली नष्ट हुँदा प्राविधिकलाई देखाउन समेत नपाइएको रामेछाप नगरपालिका–८ का कृषक हरिश्चन्द्र घिमिरेले बताए ।
खाँडादेवी गाउँपालिका–२ मझुवाका वडाअध्यक्ष इन्द्रकुमार लामाले यस वर्ष फौजी किराले बाली नष्ट पार्दा कृषकहरूलाई निक्कै समस्या परेको घिमिरेले बताए ।
गाउँपालिकामा कृषि प्राविधिक नहुँदा व्यवसायिक रूपमा खेती गर्ने कृषकहरूले परामर्श लिन नपाएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।
उनले भने–‘भएका एकजना प्राविधिक पनि प्रशासनिक काममा नै व्यस्त हुँदा कृषकहरूले पाउनुपर्ने सेवा पाएका छैनन् ।’
नवराज पथिक
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…