कर्मचारीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर २९ गते

सिरहा,लहान नगरपालिका–२३ स्थायी घर भई सिदिङ्मा गाउँपालिकाकामा स्वास्थ्य सहसंयोजक पदमा कार्यरत २३ वर्षीय रामअवतार यादव, इलाम, माइजोगमाई गाँउपालिका–६ स्थायी घर भई गाँउपालिकामा महिला विकास सहायक पदमा कार्यरत सुशीला सुवेदी र झापा, गौरीगञ्ज गाँउपालिका–५ स्थायी घर भई शिक्षा शाखामा प्राविधिक सहायक पदमा कार्यरत २२ वर्षीया जसनाकुमारी गन्गाईलाई मङ्सिर २७ गते मादक पदार्थ सेवन गरी हातपात गरेको आरोपमा प्रहरीले मङ्सिर २७ गते दुई जनालाई गिरफ्तार गरेको छ ।

कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–४, साब्लाखु ३३ वर्षीय युरेन्द्र इदिङ्गो र सोही ठाँउका २५ वर्षीय सन्तोष इदिङ्गोलाई गिरफ्तार गरेको गाँउपालिकाका प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

मादक पदार्थ सेवन गरेका आरोपितले अनावश्यक विवादमा खुकुरी प्रहार गरेको जसनाकुमारी गन्गाईले बताउनु भयो ।

घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै पेशागत संस्थाले मङ्सिर २८ गते प्रेस विज्ञप्ति जारी गरेका छन् ।

आरोपितद्वयलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको पीडित सुशीला सुवेदीले बताउनु भयो ।

पीडित पक्षले मङ्सिर २८ गते प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईलाई ज्ञापनपत्र बुझाउँदै कारबाही गर्न माग गरेका छन् ।

नागरिकको सेवामा संलग्न कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टी गरी काम गर्ने वातावरण मिलाउन नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति अध्यक्ष युवराज पौडेल र नेपाल निजामती कर्मचारी युनियन सङ्घ जिल्ला कार्य समितिका सहसचिव नविन खनालद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले आरोपितलाई कानुन बमोजिम कारबाही हुने बताउनु भयो ।

Photo 20201214 Taplejung


देवराज गुरुङ