कमलरीलाई तत्काल उद्धार गर्न सरकारसँग माग
पूर्व कमलरीहरूले दाङलगायत पश्चिम नेपालका पाँच जिल्लामा अझै पनि २ सय ९५ जना बालिका दासका रूपमा कमलरी बस्न बाध्य भएको उल्लेख गर्दै तत्काल उद्धारका लागि असोज २० गते सरकारसँग माग गरेका छन् ।
पूर्व कमलरीहरूको सङ्गठन मुक्त कमलरी विकास मञ्चको दोस्रो राष्ट्रिय अधिवेशनले दाङ घोषणापत्र जारी गर्दै लुकिछिपी राखिएका कमलरीहरूको छिटो भन्दा छिटो उद्धार गर्न माग गरेको हो ।
घोराहीमा पत्रकार सम्मेलन गरी पूर्व कमलरीहरूले देशलाई नै कमलरी मुक्त घोषणा गर्दापनि पश्चिम नेपालका थारू समुदायका बालिकाहरूलाई दासका रूपमा श्रममा लगाइराख्नु दुखद पक्ष भएको भन्दै तत्काल उद्धारका लागि पहल गरिदिन सरकारसँग माग गरेका हुन् ।
मञ्चका अनुसार अहिले पनि दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा २ सय ९५ बालिका दासका रूपमा जमिन्दारको घरमा काम गरिरहेका छन् । दाङमा १७ जना, बाँकेमा १४ जना, बर्दियामा सबैभन्दा धेरै १ सय ७४ जना, कैलालीमा ७० जना र कञ्चनपुरमा २१ जना बालिका कमलरी बस्न बाध्य भएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन् ।
मञ्चका अनुसार सरकारी कर्मचारी, शिक्षक, सामाजिक सङ्घसंस्थाका व्यक्तिले बालिकाहरूलाई कमलरी राखेका छन् । सरकारले ०७० असार १३ गते नेपाललाई कमलरी मुक्त राष्ट्र घोषणा गरी बालबालिकालाई दासदासीका रूपमा श्रममा लगाउन नपाइने व्यवस्था गरेको थियो ।
कानुनको उल्लङ्घन गर्नेलाई कडा कारबाहीको मागगर्दै कमलरीहरूलाई तत्काल उद्धारको प्रयास नगरे पुनः आन्दोलनमा उत्रने मुक्त कमलरी विकास मञ्चकी निवर्तमान केन्द्रीय अध्यक्ष विमला चौधरीले बताइन् ।
पूर्व कमलरीको नयाँ नेतृत्व चयन
यसैबीच असोज १९ र २० गते दाङ्को घोराहीमा भएको मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अधिवेशनले दाङकी पूर्व कमलरी सुनिता चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा बाँकेकी दिलकुमारी चौधरी, सचिवमा कैलालीकी सुजाता चौधरी र कोषाध्यक्षमा दाङकी विष्णु चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सृजना चौधरी, निरू चौधरी दाङ, नम्रता चौधरी कैलाली, इश्वरी चौधरी कञ्चनपुर, अनिषा थारू र गिता थारू बर्दिया र सविता थारू बाँके छन् ।
जे.एन.सागर
संबंधित समाचारहरू
वडा कार्यालयद्वारा बहुविवाहलाई विवाह–दर्ता !
घरदैलोमा सेवा प्रभावकारिता बढाउन स्थानीय सरकार रहेपनि कार्यान्वयन गर्ने निकायको लापरवाहीले कतिपय अवस्थामा सेवाग्राहीले सास्ती पाइरहेका छन् । महाबु गाउँपालिका–५ काँशीकाँधकी २४ वर्षीया भावना थापामगरले पनि सास्ती भोग्नुपरेको बताउनुभएको छ…
दुर्गमका प्रसूति केन्द्रमा समस्यै समस्या
दुर्गम जिल्लामा रहेका गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमै सुत्केरी गराउने उद्धेश्यले प्रसूति केन्द्र स्थापना गरिएपनि आवश्यक पुर्वाधारको व्यवस्था नहुँदा समस्या भएको छ । त्रिपुरासुन्दरी नपा–१ त्रिपुराकोटबगरस्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसूति…
बाल सुधार गृहमा क्षमता भन्दा दोब्बर बन्दी, व्यवस्थापनमा समस्या
दिपायल सिलगढी नगरपालिकास्थित सिलगढी बाल सुधार गृहमा क्षमताभन्दा बढी बालकहरू राखिँदै आएका कारण उनीहरूले विभिन्न प्रकारको समस्या झेल्नु परेको छ । क्षमताभन्दा दोब्बर बढी बालकहरू राखिएका कारण उनीहरूलाई शौचालय प्रयोग…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा ९ का २९ वर्षीय दिनेश तामाङलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर १४ गते जङ्गलको…
जिल्ला अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव
बेसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव भएको छ । अस्पतालका व्यवस्थापक हेमन्त श्रेष्ठका अनुसार यो महिनाको चारपाँच दिन त पानीको हाहाकार नै भएको थियो । पानीको…