कनकासुन्दरी गाउँसभाबाट स्वास्थ्य सेवा ऐन पारित
कनका सुन्दरी गाउँपालिकाले स्वास्थ्य तथा सरसफाई सेवा ऐनलगायत अन्य दुई ओटा ऐन पारित गरेको छ ।
पुस २५ गते सम्पन्न हिउँदे गाउँसभाले स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र गाउँ शिक्षा नीति २०७७ पारित भएको सूचना अधिकारी दानसिंह कार्कीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दामोदर आचार्यले १५ शैयाको अस्पताल सञ्चालन गर्ने, पोलीक्लिनिक सञ्चालन, एम्बुलेन्स सेवा, प्रसुति गृह सञ्चालन तथा आवश्यक स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन जस्ता कुराहरू स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७७ मा समावेश गरिएको बताउनुभयो ।
गाउँपालिकाका शिक्षा संयोजक नारायण धितालका अनुसार गाउँ शिक्षा नीतिमा विद्यालय बालमैत्री तथा अपाङ्खमैत्री बनाउने, बालबालिकाहरूलाई शिक्षण सिकाइमा आकर्षण गर्न बालविकास केन्द्रहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने लगायतका विषयहरू उल्लेख गरिएको बताउनुभयो ।
यस्तै माध्यामिक स्तरमा पठनपाठन गर्ने छात्रा र दलित बालबालिकालाई प्रोत्साहन र छात्राबृद्धि, सीप मुलक कार्यक्रम, अपाङ्खता भएका बालबालिकालाई स्वरोजगार बनाउनका लागि व्यवसायिक सीपमुलक तालिमहरू सञ्चालन गर्ने जस्ता कुरा पनि शिक्षा नीतिमा समावेश गरिएको संयोजक धितालले जानकारी दिनुभयो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…