कथित बोक्सी भन्दै कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
कर्जन्हा नपा-३ की ८५ वर्षीया सुदामादेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले ४५ वर्षीय छोरा रामअवतार साह सोनारलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।
केही दिनदेखि आरोपित रामअवतारको बुहारी मनिषा बिरामी भएको र आमा सुदामालाई ‘ठिक पारी देउ’ भन्दै कात्तिक ११ गते लछारपछार गरी कुटपिट गरेको पीडित सुदामाकी छोरी जानकीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
उहाँले भन्नुभयो–‘आमालाई कुटपिट गरी अभक्ष पनि कोच्याउने प्रयास गरेको थियो तर स्थानीयहरूको हस्तक्षेपले त्यसो हुन पाएन ।’
तत्कालै घटनाको जानकारी पाएपछि उपचारका लागि जनकपुरस्थित धनुषा अस्पतालमा लगिएको भए पनि डाक्टरहरूले बाँच्ने आश नभएको बताएकाले कात्तिक १३ गते घर नै लिएर आएको पीडितकी छोरी जानकीले बताउनु भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरे पनि उजुरी नआएकोले पीडित पक्षलाई उजुरी ल्याउन भनेकाले उजुरी आउने बितिकै कानुनी प्रक्रिया अगाडि बढाउने इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले बताउनु भयो ।
इन्सेक, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, ओरेक र मुक्ति नेपाललगायत सङ्घसंस्थाका प्रतिनिधिहरूले कात्तिक १४ गते घटनाको अनुगमन गरेका छन् ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–३ का ८४ वर्षीय मेघराज पाण्डेलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले…
उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गरः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार र उखु किसान सङ्घर्ष समितिबीच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगद्वारा माघ ७ गते जारी विज्ञप्तिमा…
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…