कथित बोक्सीको आरोप लगाएको कसुरमा क्षतिपूर्ति र जरिवानाको आदेश

  ०७६ वैशाख ३१ गते

बेनिघाट रोराङ गाउँपालिका–२ की ५५ वर्षीया प्रेमकुमारी लोहनीलाई कथित बोक्सी अरोप लगाएको कसुरमा ४५ वर्षीय धामीकान्छा भन्ने रामबहादुर मगरलाई जिल्ला अदालतले वैशाख ३१ गते थुनामा राखेर पीडितलाई क्षतिपूर्ति दिन आदेश गरेको छ ।

न्यायधीश प्रकाश ढुङ्गानाको इजलासले मगरले बोक्सी आरोप (कसुर सजाय ) ऐनको ३ (१) (क) अनुसार कसुर गरेकाले सोही ऐनको ११ (१) (क) बमोजिम उनलाई ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना र सोही ऐनको १२ (१) बमोजिम पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति दिन आदेश गरेको छ ।

पीडित महिलालाई मगरले ०७५ भदौ ९ गते कथित बोक्सीको आरोप लगाएपछि पीडितकी छोरी मेनका लोहनीले उजुरी दिएपछि भदौ २० गते मुद्दा दर्ता गरिएको थियो ।


सीताराम अधिकारी