कथित बोक्सीको आरोप लगाएको घटनाका आरोपित गिरफ्तार

  ०७५ साउन २८ गते

धार्चे गाउँपालिका-६ काशिगाउँमा आमाछोरीलाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २६ वर्षीय रोशन गुरूङलाई साउन २६ गते गिरफ्तार गरेको छ ।

कथित बोक्सीका कारण स्थानीय ५२ वर्षीय भिम गुरूङको मृत्यु भएको भन्दै रोशनले अफवाह फैलाएको भनि पीडित पक्षले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीमा आरोपित गुरूङले कथित बोक्सी आरोप लगाउँदै ५५ वर्षीया काली गुरूङ र २९ वर्षीया छोरी मिनकुमारी गुरूङलाई गाउँ निकाला गर्नुपर्छ भन्ने सम्मका अभिव्यक्ति दिएको हुँदा कानुनी कारबाहीको माग गरिएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए । सो घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती