कथित बोक्सीको आरोप लगाउने विरुद्ध न्याय समितिमा उजुरी

  ०७६ फागुन २८ गते

बेसीशहर नपा—३ निवासी ३५ वर्षीया ख्यालमायाँ राना मगर विरुद्ध सोही ठाउँ निवासी ३२ वर्षीया निर्मला लामाले कथित बोक्सीको आरोप लगाएको भनि न्याय समितिमा उजुरी दिनुभएको छ ।

सामान्य भनाभनको क्रममा ०७६ फागुन २६ गते कथित बोक्सीको आरोप लगाएको भनि निर्मलाले ख्यालमायाँ विरुद्ध ०७६ फागुन २७ गते बेसीशहर नपा—३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको पहलमा न्याय समितिमा उजुरी परेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

न्याय समितिको संयोजक लक्ष्मी अधिकारीका अनुसार घटनाको वादी प्रतिवादी दुबै पक्षलाई छलफल गराएर जिल्ला प्रहरी कार्यलयमा सिफारिस गर्ने बताउनुभयो ।

कानूनत कसैलाई पनि कथित बोक्सीको आरोप लगाउन नहुने अधिकारीको भनाइ छ । आरोप लगाएको साबित भयो भने आवश्यक कानूनी प्रकृयामा सहयोग गर्ने न्याय समितिका संयोजक लक्ष्मी अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


दलबहादुर मजाकोटी