कथित बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने फरार दोषी गिरफ्तार
म्यागङ गाउँपालिका–५ की ४९ वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाई दुर्व्यवहार गरेको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका म्यागङ गाउँपालिका–५ सामरीका ३० वर्षीय दिपेश सापकोटालाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ ।
गिरफ्तारपछि अदालत पेश गरिएका सापकोटालाई अदालतको फैसला अनुसार सजाय भुक्तानका लागि कात्तिक १७ गते नै जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
आरोपित सापकोटालाई गाउँमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडित महिलालाई ०७२ असोज ५ गते बाख्रा चराउन जङ्गल गएको ठाउँमा बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुलाउने प्रयास गरेको घटनामा जिल्ला अदालतले ०७३ वैशाख १४ गते आरोपित दिपेशलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद र २५ हजार रुपियाँ जरिवाना तथा पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन फैसला भएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १८ गते)
फागुन १८ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
वार्ताका लागि सरकार र प्रतिबन्धित नेकपाद्वारा दुई-दुई सदस्यीय समिति गठन
सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाले फागुन १८ गते वार्ताका लागि समिति गठन गरेका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित…
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको…
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा …
कोभिड–१९ः यो साता ७ सय १६ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा…