कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार
तनहुँ जिल्ला भानु नगरपालिका–१० की ४९ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट तथा पन्यू तताएर डामेको आरोपमा लम्जुङ राईनस नगरपालिका–३ निवासी ३८ वर्षीया मुना परियार र उनका पति ४२ वर्षीय विष्णु परियारले प्रहरीले पुस १ गते धुनिबेसी नगरपालिका–५ धार्केबाट गिरफ्तार गरेको छ ।
बोक्सी लागेकोले बोक्सी भगाउने भन्दै पीडित महिलालाई आरोपितद्वयले कुटपिट गर्नुका साथै पन्यूले डामेर घाइते तुल्याएको भन्दै पीडितका आफन्तले पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर राम थापाले बताउनुभयो ।
पीडित नातेदारको घर जान लागेको समयमा ज्याला मजदुर गर्ने आरोपितहरूसँग मङ्सिर १२ गते धार्केमा भेट भएको थियो ।
चिनजान गर्ने क्रममा पीडितलाई बोक्सी लागेको छ, बोक्सी भगाउनु पर्छ भन्दै धामी झाक्रीको काम गर्ने आरोपितहरूले पन्यू तताएर डाम्ने तथा कुटपिट गरेका थिए। घटनामा गम्भीर घाइते भएकी पीडितलाई आफन्तले उद्धार गरी सोही दिन उपचारको लागि सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँमा लगेका थिए।पीडितकाे हालसम्म सोही अस्पतालमा उपचार भइरहेको पीडितका तर्फबाट प्राप्त उजुरीमा उल्लेख गरिएको इन्स्पेक्टर थापाले बताउनु भयो ।
आरोपित दुवै जनालाई प्रहरीले पुस २ गते जिल्ला अदालत पेश गरेकोमा आदलको आदेश बमोजिम बोक्सा बोक्सी आरोप सम्बन्धी मुद्दामा अनुसन्धान गर्न पाँच दिनमो म्याद थप गरी हिरासतमा पठाएको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…