कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार
मिर्चैया नपा–९ की ५९ वर्षीया बासु चौधरीलाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय जतन चौधरीलाई पुस २७ गते गिरफ्तार गरेको छ ।
स्थानीय बिसुनदेव चौधरीको हृदयघातले मृत्यु भएपछि पुस २४ गते आरोपितलगायत ४० वर्षीया हरिहर चौधरी, २८ वर्षीय अजित चौधरी, ३५ वर्षीय किसुन चौधरी र ४५ वर्षीया इन्दुला चौधरीले ‘बोक्सी’ लगाएर मारेको भन्दै कुटपिट गरी गाउँ निकाला गरेको पीडित बासु चौधरीको आरोप छ ।
प्रहरी तथा स्थानीयले उद्धार गरी सुरक्षित स्थानमा राखेकाले ज्यान जोगिएको भन्दै आरोपितहरूविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस २५ गते उजुरी दिएको पीडितले बताउनु भयो ।
घटनाको जानकारी हुनासाथ एक जना आरोपितलाई गिरफ्तार गरेको र अन्य फरार रहेकाले खोजतलास जारी राखेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…