कथित बोक्सीको आरोपमा कुटपिट, आमाको मृत्यु आरोपित छोरा गिरफ्तार
कर्जन्हा नपा-३ की ८५ वर्षीया सुदामादेवी साहलाई कथित बोक्सीको आरोपमा कात्तिक ११ गते ४५ वर्षीय छोरा रामअवतार साह सोनारले कुटपिट गरेकाले कात्तिक १५ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते हुनुभएकी सुदामा देवीलाई उपचारको लागि धनुषा जिल्लाको जनकपुर स्थित धनुषा अस्पतालमा लगे पनि डाक्टरले बाँच्ने आश नभएको भनेपछि घर नै लिएर आएकोमा कात्तिक १५ गते मृत्यु भएको मृतककी छोरी जानकीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
केही दिनदेखि आरोपित रामअवतारकी बुहारी मनिषा बिरामी भएको र आमा सुदामालाई ‘ठिक पारी देउ’ भन्दै कात्तिक ११ गते लछारपछार गरी कुटपिट गरेको पीडित सुदामाकी छोरी जानकीले बताउनु भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई कात्तिक १३ गते नै गिरफ्तार गरेको र पीडितको मृत्युपछि कर्तव्य ज्यानमा समेत उजुरी परेकाले सोही अनुसार कारवाही प्रकृया अगाडि बढाउने इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा कात्तिक १६ गते गर्ने तयारी भइरहेको डिएसपी जैसवारले बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–३ का ८४ वर्षीय मेघराज पाण्डेलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले…
उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गरः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार र उखु किसान सङ्घर्ष समितिबीच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगद्वारा माघ ७ गते जारी विज्ञप्तिमा…
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…