कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुवाएको घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज ६ गते

मधुवनी-९ की ५५ वर्षीया सयरा खातुनलाई असोज ५ गते कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुवाएको आरोपमा प्रहरीले सोही दिन स्थानीय सुलमान अन्सारी, आलम अन्सारी, मजिद अन्सारीलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

इलका प्रहरी कार्यालय गडहियाको टोलीले खातुनलाई अमानवीय व्यवहार गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका आधारमा उनीहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पीडित महिलाले आरोपितहरू विरुद्ध असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएकी छन् ।


सन्तोषकुमार सिंह