कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
हनुमाननगर योगिनियामाई नपा-९ इनर्वाकी ५० वर्षीया मन्जुदेवी देवलाई कथित बोक्सीको आरोपमा अमानवीयय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४३ वर्षीय परमानन्द मण्डल र उनका भाइ ३५ वर्षीय प्रमोद मण्डललाई असोज ४ गते गिरफ्तार गरेको छ ।
सप्तरी जिल्ला अदालतबाट खटिएको विशेष अभियान टोलीले कैद सजाय पाई फरार रहेका आरोपितहरूलाई गिरफ्तार गरेर राजविराज कारागारमा पठाइएको अदालतका तहसिलदार किरण कुमार सिंहले जानकारी दिए ।
जिल्ला अदालतका तत्कालीन न्यायाधीश रितेन्द्र थापाले आरोपितहरूलाई ०६९ माघ ९ गते जनही ६ महिना कैद र ७ हजार ५ सय जरिबानाको फैसला गरेको थियो । यसैगरी पुनरावेदन अदालतका तत्कालीन न्यायाधीशद्वय मुहम्मद साबिर हुसेन र नन्दलाल महतोको संयुक्त इजलासले ०७२ चैत ९ गते जिल्ला अदालतको सो फैसला सदर गरेको थियो ।
पीडितलाई आरोपितहरूसहित सात जनाले ०६८ असोज १२ गते घरमा एक्लै भएको बेला गाउँका बस्तु, बालबालिकाहरूलाई 'बोक्सी मन्त्र' लगाई बिरामी पारेको भन्दै कुटपिट गर्नुका साथै मलमुत्र खुवाउने प्रयास गरेको आरोप लागेको थियो । पीडितले जिल्ला प्रहरी कार्यालयमा ०६८ असोज २४ गते उजुरी दिएकी थिइन् ।
अन्य आरोपितहरू हनुमाननगर योगिनियामाई नपा-९ इनर्वाका ७० वर्षीय रामेश्वर मण्डल, ४५ वर्षीय जुगती मण्डल, ४२ वर्षीय राजाराम मण्डल, ४१ वर्षीय ब्रहृमदेव मण्डल र ४० वर्षीय दिपक भनिने विपत मण्डल फरार रहेको प्रहरीले जनाएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…