औषधि अभाव हुँदा सर्वसाधारण मर्कामा

  ०७७ पुस २९ गते

जिल्ला स्वास्थ्य सेवा कार्यालयमा निशुल्क पाइने औषधिहरूको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन ।

क्षेत्रिय मेडिकल स्टोर नेपालगञ्जबाट जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध हुने ७० प्रकारको निशुल्क औषधि साउन महिनाबाट ढुवानी नगर्दा सेवाग्राही मर्कामा परेका हुन ।

हाल अस्पतालमा सेवा लिन आउने मुगु र हुम्लाका बिरामिहरूले निजी मेडिकलबाट औषधि किन्न बाध्य भएको चंखेली गाँउपालिका–२ का ४५ वर्षीय बरम शाहीले दुःखेसो गर्नुभयो ।

यस्तै छाँयानाथ रारा नगरपालिका–१२ का ५६ वर्षीय दिबबहादुर बुढाले उपचारका लागि पुस १८ गते जिल्ला अस्पताल जाँदा सेवा नपाएर फर्किनु परेको गुनासो गर्नु भयो ।

औषधि ढुवानी गर्नका लागि क्षेत्रिय मेडिकल स्टोर नेपालगञ्जलाई पटक पटक पत्रचार गरेको तर ढुवानी नहुँदा अस्पतालमा औषधिको अभाव भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो ।


जीवन सेजुवाल