औषधि अभावका कारण सेवाग्राही समस्यामा
जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा सिटामोल लगायत नेपाल सरकारले निशुल्क दिने भनेका औषधि नपाउदा आफूहरुले सास्ती झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
१० ओटा स्थानीय तह रहेको बैतडी जिल्लाका स्थानीय स्तरमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव रहेका कारण समस्या झेल्नु परेको दशरथचन्द नगरपालिका–९ का संकर जोशीको दुखेसो पोख्नु भयो ।
स्थानीय तहको गठन हुनुअघि बैतडी जिल्लाका लागि वार्षिक २५ लाख रुपियाँको औषधि खरिद हुने गरेकोमा हाल प्रत्येक स्थानीय तहले स्वास्थ्यमा २० देखि २५ लाख रुपियाँसम्मको औषधि किन्ने गरेको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगश भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘तर पनि स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि छैन् । स्थानीयहरुले औषधि नपाएको भन्ने सुनेको छु । यसको व्यवस्थापन स्थानीय तहले गर्नु पर्छ ।’
स्थानीय तहले औषधि खरिद गरेको बिल पेश गर्ने गरेको भएपनि स्वास्थ्य संस्थामा सिटामोलसम्म नपाइने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
स्वास्थ्य बिमा गरेको कार्ड लिएर उपचार गर्न स्वास्थ्य संस्थामा जाँदा औषधि नपाएको मेलौली नगरपालिकाका सेवाग्राही लोकराज भट्टले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– “उपचार गर्न स्वास्थ्य संस्थामा गएको थिए । औषधि छैन भन्यो । हामीले स्वास्थ्य बिमा पनि गरेका छौँ । तर, स्वास्थ्य संस्थामा औषधि पाइदैन ।”
मेलौली नगरपालिकाका स्वास्थ्य संस्थामा सिटामोल समेत नपाउने गरेको तर केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले गोदाममा थन्क्याएको औषधिको म्याद गुज्रेपछि नस्ष्ट गरेको स्थानीयहरुको आरोप छ ।
स्थानीय तहले बजेट खर्च गरेको देखाए पनि स्वास्थ्य संस्थामा औषधि नपाएको सेवाग्राहीले गुनासो गर्ने गरेको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– “विगतको तुलनामा बैतडीका स्वास्थ्य संस्थाको प्रगतिको सूचाङ्क घटेको छ । पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिबीचको विवाद अदालतमा पुगेको छ । ”
स्थानीय स्तरमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मेवारी र अधिकार स्थानीय तहको भएकोले स्वास्थ्य कार्यालयले चाहेर पनि केही गर्न नसकिने अवस्था रहेको भट्टले बताउनु भयो ।
काम नगर्ने स्वास्थ्यचौकी प्रमुखको अर्को वडाको स्वास्थ्य संस्थामा सरुवा गरेपछि दुई जना स्वास्थ्यकर्मीले समायोजन ऐन विपरित गाउँपालिकाले सरुवा गरेको भन्दै अदालतमा मुद्दा दिएको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर शाहले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘जनप्रतिनिधि र स्वास्थ्यकर्मीबीचको विबादका कारण काम गर्ने वातावरण छैन् । विबादकै कारण असारदेखि औषधि समेत किन्न सकिएन् । चैत महिनाको पहिलो हप्तामात्रै औषधि किन्न सकियो । यसले गर्दा पनि स्थानीय सेवाग्राहीहरुले समस्या झेल्नु परेको छ ।’
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…