एमाले प्रमुखको घरमा बम फेला, सुरक्षित डिस्पोज

  ०७४ असार १० गते

बर्दघाट नपा-४ मा नेकपा एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवार धिरज शर्मा बस्यालको घर कम्पाउण्डभित्र बेवारिसे अवस्थामा राखिएको बम असार १० गते फेला परेको छ ।

उक्त बमलाई नेपाली सेनाको बज्रदल गणको बम डिस्पोजल टोलीले सुरक्षित स्थानमा लगि डिस्पोज गरेको छ । बमबाट कुनै मानवीय तथा भौतिक क्षति नभएतापनि घर परिवार र स्थानीयबासी र मतदाताहरू आतङ्कित बनेका छन् ।

यस घटनाको बारेमा इलाका प्रहरी कार्यालय बर्दघाटका इन्स्पेक्टर टेकबहादुर राउतले बलमे आतङ्कित मतदाताको सुरक्षाका लागि प्रहरी सक्रियतापूर्वक लाग्ने बताए ।


नारायण पराजुली