एमाले उम्मेदवारको घरमा बम विष्फोट

  ०७४ मङ्सिर ५ गते

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) को प्रदेश सभा सदस्यका एमालेका उम्मेदवार बीरगञ्ज महानगरपालिका-१० रानीघाट निवासी रामचन्द्र साहको घरमा मङ्सिर ५ गते बम विष्फोट भएको छ ।

घरको प्यासेजमा बम विष्फोट भएको एमालेका उम्मेदवार साहले बताएका छन् । बम विष्फोटमा कुनै मानवीय क्षति नभएको उनले जानकारी दिएका छन् । घटनाका सम्बन्धमा स्थानीयले जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।


केसी लामिछाने