एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवारको घरमा बम विष्फोट

  ०७४ मङ्सिर ७ गते

सुनसरीको क्षेत्र नं १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार जयकुमार राईको घरमा ०७४ मङ्सिर ७ गते साँझ बम विष्फोट भएको छ ।

धरान उमनपा-१५ स्थित जयकुमार राईको घरमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीले बताए ।

स्कुटरमा चढेर आएका दुई व्यक्तिले राईको आगनमा पाइप बम फ्याँकेर भागेको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै क्षति नभएको र विष्फोटन गर्नेहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


शेखर ढकाल