एनसेल टावरमा राखिएको जेनेरेटरमा आगजनी

  ०७६ भदौ ३ गते

शान्तिनगर गाउँपालिका–५ मा रहेको एनसेल टावरमा राखिएको जेनेरेटरमा भदौ २ गते अपरिचित पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

स्थानीय खडक विष्टको मकैबारीमा रहेको एनसेल टावरमा राखेको जेनेरेटरमा आगजनी गरिएको हो । आगजनीबाट जेनेरेटर पूर्णरूपमा जलेर नष्ट भएको छ भने तारमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले बताए । टावरमा भने कुनै क्षति पुगेको छैन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगजनी कसले गरेको भन्ने नखुलेपनि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको आशङ्का गरिएको छ ।

photo20190820dang


जे.एन.सागर