उम्मेदवारमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग
राप्रपा सुनसरीले असार ८ गते इटहरीमा पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ ।
पत्रकार सम्मेलनमा राप्रपा सुनसरीका अध्यक्ष रोहित कार्कीले स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका-९ बाट वडा अध्यक्ष पदका आफ्ना उम्मेदवार ३५ वर्षीय श्याम पोखरेल र सदस्य पदका उम्मेदवार ३८ वर्षीय खड्गकुमार श्रेष्ठमाथि ६ गते राति खुकुरी प्रहार भएको जनाउँदै आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
कार्कीले डरत्रास देखाउन आफ्ना उम्मेदवारमाथि आक्रमण गरिएको हुनसक्ने जनाउँदै राज्यले शान्ति सुरक्षाको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाए ।
अपरिचित तीन जनाको समूहले उम्मेदवारद्वयलाई इटहरी विराटनगर सडकखण्डस्थित त्रिवेणी कलेज अगाडि खुकुरीले प्रहार गरेर भागेका थिए ।
खुकुरीले प्रहार गर्दा उम्मेदवार तर्किएर पछि हटेका कारण गम्भीर चोट नलागेको पीडित पक्षले बताए ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले आरोपित समूहको पहिचान नखुलिसकेको तर अनुसन्धान भने जारी रहेको बताए ।
शेखर ढकाल
संबंधित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नपा–१० नुवागाउँका २० वर्षीय कृष्ण बिकलाई जिल्ला अदालतले मङ्सिर २२ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।…
बम विष्फोटमा परी घाइते बालकको धरानमा उपचार हुँदै
जनकपुरधाम उमनपा–१३ कबर्ड हल नजिक बम विस्फोटमा मङ्सिर २१ गते सोही ठाउँका १० वर्षीय आलोक राउत घाइते हुनुभएको छ । कबर्ड हलदेखि करिब ३ सय मिटर पश्चिमतर्फ विष्फोट भएको हो…
बलात्कारपछि गर्भ रहेको भन्दै कारवाहीको माग गर्दै प्रहरीमा उजुरी
२६ वर्षीया सुस्तमनस्थिति भएकी युवतीलाई अपरिचित व्यक्तिले बलात्कार गरी गर्भवति बनाएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको छ । दिदीको घरमा बस्दै आएकी युवतीको पेट बढ्दै गएपछि…
मानव अधिकार संरक्षण गर्ने दायित्व राज्यको होः मन्त्री चुमान
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रममा गण्डकी प्रदेश मानव अधिकार महाभेला ०७६ को पहिलो दिन उद्घाटन समारोहमा रक्तदान कार्यक्रम गरेर मनाइएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
चितवनकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले यमुनामाई गाँउपालिकाको सरुअठा हेल्थ पोष्टका इञ्चार्ज ४५ वर्षीय अहेब सुधिरकुमार सिंहलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ । सिंहलाई जबरजस्ती करणी कसुर…