उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षामा ध्यान दिन निर्वाचन आयुक्तको निर्देशन

  ०७४ असार ९ गते

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले इलामस्थित सुरक्षा समितिलाई उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षा दिन निर्देशन दिएका छन् ।

जिल्लाको निर्वाचन सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना, निर्वाचनको व्यवस्थापकीय पक्षको अनुगमन गर्न असार ९ गते सदरमुकाम आइपुगेका आयुक्त दाहालले मतदाता समेतले सुरक्षाको प्रत्याभूति गर्ने वातावरण तयार गर्न जिल्लास्थित सुरक्षा समितिलाई निर्देशन दिएका हुन् ।

आयुक्त दाहालले अघिल्लो निर्वाचनबाट सिकाइ भएका विषयहरूलाई ध्यानमा राख्दै मतगणनासम्बन्धी आचारसंहिता कडाइकासाथ लागू गर्न, सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका थिए । उनले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग समेत निर्वाचनका विषयमा छलफल गरेका थिए ।


कोकिला ढकाल