उम्मेदवारको मृत्यु भएपछि पुनः मनोनयन हुने
डिलाशैनी गाँउपालिकामा एक उम्मेदवारको मृत्यु भएपछि निर्वाचनका लागि पुनः मनोनयन दर्ता हुने भएको छ । डिलाशैनी गाउँपालिका-७ मा राप्रपाबाट वडा सदस्यको उम्मेदवारी दिनुभएका उम्मेदवार ७० वर्षीय गोविन्दसिंह कार्कीको मृत्यु भएपछि निर्वाचन आयोगले आसार ६ गते मनोनयन दर्ता गर्दैछ ।
कार्की असार ४ गते मनोनयन दर्ता गराएर सामान्य अवस्थामा घर फर्किएपछि राति सुतेको र बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।
कार्कीको मृत्यु भएपछि निर्वाचन आयोगले उक्त वडाका लागि असार ६ गते बिहान आठ बजेदेखि ८ः४५ सम्म पुनः मनोनयन खुला गर्ने र त्यसपछि बेलुका ६ बजेसम्म उम्मेदवारलाई चिन्ह प्रदान गरिसक्ने नयाँ निर्वाचन कार्यक्रम निर्धारण गरेको छ ।
उक्त वडाका लागि उम्मेदवार उपर उजुरी दिने, मनोनयन जाँच गर्ने, नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम तालिकामा समेटिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख माधव फुयालले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…