उम्मेदवारको घरमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा कालोझण्डा

  ०७४ कात्तिक २२ गते

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले प्रदेशसभा (ख) का बामगठबन्धन (नेकपा माओवादी केन्द्र) का उम्मेदवार आठराई त्रिवेणी गाउँपालिका-५ का टङ्क आङबुहाङ लिम्बुको घरमा ०७४ कात्तिक २२ गते कालो झण्डा गाडेर निर्वाचनको बिरोध जनाएका छन् । नेकपाका कार्यकर्ताले गाडेको कालोझण्डा सुरक्षाकर्मीले कात्तिक २२ गते नै हटाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले उम्मेदवारको घरमा गाडिएको कालोझण्डा प्रहरीद्वारा हटाएको जानकारी दिए ।

नेकपाका जिल्ला सेक्रेटरी राजन पौडेलले भने फोन सम्पर्क गरी चुनावको विरोधस्वरुप झण्डा गाडिएको बताए ।

यसअघि विज्ञप्ति जारी गरेर सबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन गरिएको आग्रहलाई बेवास्ता गरिएकाले कालोझण्डा गाडिएको जिल्ला सेक्रेटरी पौडेलले बताए ।


देवराज गुरुङ