उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा औषधि अभाव
उपल्लो डोल्पामा पर्ने डोल्पोवुद्ध, छार्काताङसोङ र शे फोक्सुण्डो गाउँपालिकामा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी, धो स्वास्थ्य चौकी र छार्का स्वास्थ्य चौकी, निजाल स्वास्थ्य चौकीमा मङ्सिर पहिलो सातादेखि औषधि अभाव भएको स्थानीयले गुनासो गरेका छन् ।
जाडो बढेकोले चिकित्सकहरू समेत सदरमुकाम तर्फ फर्केकोले स्वास्थ्य चौकीहरू रित्ता भएको पारासिटामोल, जीवनजल सम्म नभएको शे फोक्सुण्डो गाउँपालिका –८ रिग्मोका पेम्बा छेवाङ्ग गुरूङ्गले बताउनु भयो ।
शे फोक्सुण्डो गाउँपालिका–१ र ८ मा पर्ने साल्दाङ्ग स्थित निजालमा रहेको स्वास्थ्य चौकी र फोक्सुण्डो स्वास्थ्य चौकीमा औषधि अभाव भएको फोक्सुण्डो स्वास्थ्य चौकी इन्चार्ज नवराज महताराले जानकारी दिनुभयो । औषधि सकिएकोबारे आफूले गाउँपालिका अध्यक्ष टसिटुण्डुप गुरूङ्गलाई जानकारी गराई सकिएको भएपनि अहिले सम्म नपुगेको महताराको भनाई छ ।
सदरमुकाम देखि चार दिनको पैदल दुरीमा पर्ने सालदाङ्ग स्थित निजाल स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि तत्काल खरिद गरेर पठाइसकेको तर जाडोका कारण जनप्रतिनिधि देखि कर्मचारी समेत काठमाण्डौंमै भएकाले सम्बन्धित ठाउँमा पुग्न समस्या भएको से फोक्सुण्डो गाउँपालिका अध्यक्ष टसिटुण्डुप गुरुङ्गले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर सिजन रावलले स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा औषधि खरिद देखि कर्मचारी व्यवस्थापन सम्मको काम स्थानीय तहले नै गर्ने र बजेट पनि त्यहिँ भएको बताउँदै आकस्मिक रूपमा मात्र जिल्ला स्वास्थ्य सेवा कार्यालयले औषधी उपलब्ध गराउने जिकिर गर्नुभयो ।
विष्णुप्रसाद देवकोटा
सम्बन्धित समाचारहरू
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…