उपभोक्ता सचेत हुनु पर्नेमा जोड

  ०७७ असोज २९ गते

उपभोक्ता सचेत हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपार बार एशोसिएसन र इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज लगायतका सङ्घ संस्थाद्वारा असोज २८ गते  ४० औ विश्व खाद्य दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उक्त धारणा राखेका हुन् ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले  कार्यक्रमको उद्देश्यखाद्य सुरक्षा र सम्प्रभुताका कुराहरुलाई संविधानले मौलिक हकमा  राखेको र तीन वटै सरकारले गरेका काम कारबाहीका बारेमा समीक्षा र कार्यान्वयनका लागि बनेका ऐन नियमहरुको अवस्थाका विषयमा छलफल गर्न आवस्यक रहेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाईले सेवा प्रदायक निकाय र उपभोक्ता दुबै पक्ष सचेत हुनुपर्ने बताउनु भयो । नेपाल बारका उपाध्यक्ष सुनिल श्रेष्ठले खाद्य अधिकारमा देखिएका समस्या न्यूनिकरणका लागि कार्यक्रममा आएका सुझाव महत्वपुर्ण रहेको बताउनु भयो ।

बाणिज्य कार्यालयका अधिकृत विवेक कुमार सुवेदीले उपभोक्ता सचेत हुन जरुरी रहेको बताउनु भयो । उहाँले उद्योगीको नियत र प्राविधिक कमजोरीका कारण कालोबजारी हुने गरेको   बताउनु भयो ।

फियान नेपालगञ्जका प्रमुख सुरेश कुमार गौतमले खाद्य अधिकारको अवस्था  प्रस्तुती गर्दै उपलब्धता, प्रयाप्तता, पहुँचता र दिगोपन खाद्य अधिकार र सुरक्षाका मुख्य खम्बा रहेको बताउनु भयो ।

उपभोक्ता हित सङ्रक्षण समितिका अध्यक्ष बसन्त गौतमले म्याद नाघेका बस्तुहरू शहमा भन्दा ग्रामीण क्षेत्रमा बढी बिक्री वितरण भइरहेको बताउनु भयो ।

किसानको प्रतिनिधित्व गर्दै डुडुवा गाउँपालिकाका ध्रुव शर्माले किसानले उत्पादन गरेका बस्तुहरूले बजार भाउ नपाएका कारण किसानहरू मर्कामा परेको बताउनु भयो ।

हाम्रो पहलः दिगो कृषि पोषिलो आधार भन्ने नाराका साथ मनाइएको उक्त  कार्यक्रम सरोकारवालाहरू सहभागि थिए


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज