उपप्रमुख खातुनद्वारा नगरपालिका कार्यालयमा तोडफोड

  ०७६ जेठ १३ गते

गुजरा नगरपालिकाकी उपप्रमुख रौशन खातुनले जेठ १३ गते नगरपालिका कार्यलयको समान तोडफोड़ गरेकी छिन् ।

तोड़फोडमा उपप्रमुख, उनका पति शेख बद्रुदिन, छोरा शेख अनिसुर रहमान र भाइ एकवाल हुसेन संलग्न रहेको नगर प्रमुख सन्तलाल चौधरीले जानकारी दिए ।

गुजरा नगरपालिकाकी उपप्रमुख खातुन सहितको पारिवारिक समूहले प्राविधिक शाखाको एक थान ल्याप्टप, एक थान कम्युटर तोडफोड तथा कार्यलयको आवश्यक कागजात च्यातेको नगरपालिकाका इन्जिनियर प्रविण साहले जानकारी दिए ।

उनीहरूले योजना शाखाको सामान तोडफोडका लागि गरेको प्रयास असफल भएको र तोडफोडमा संलग्न रहेका उपप्रमुख सहित चार जनाले जेठ १३ गते लिखित रूपमा नै माफी मागेको नगर प्रमुख सन्तलाल चौधरीले बताए ।

प्रमुख चौधरीका अनुसार नगरका सम्पूर्ण योजना तर्जुमा तथा योजनाहरू उपप्रमुखकै अध्यक्षतामा पारित भएको र अहिले आफैँले असहमति जनाउँदै तोड़फोड गर्दै अराजकता फैलाएको आरोप लगाए ।

प्रशासकीय प्रमुख जामुन चौधरीले आफूहरू नगरको विकास चाहेको भएपनि उपप्रमुखका पतिको मनलाग्दीका कारण उपप्रमुख अराजकतामा उत्रेको आरोप लगाए ।

त्यस्तै नगरपालिकाका कर्मचारीहरूले उपप्रमुखको मनोमानीका कारण आफूहरूले काम गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

रौतहट जिल्लाका अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुख बिचको बिवादका कारण विकास निर्माणको काम प्रभाबित बन्दै आएको छ ।


कोपिला तिमल्सिना