उपचारको क्रममा एकजना थुनुवाको मृत्यु
जिल्ला कारागार गुलरियामा थुनामा रहेका भारत मोतिपुरथाना नानपारा ग्राम, सलारपुरका २५ वर्षीय राहुल राजभारको असार १७ गते उपचारको क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको कारगार प्रशासनले जनाएको छ ।
राहुललाई असार १६ गते स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्यकर्मीले कारागारमा चेक जाँच गरी थप उपचारको लागि जिल्ला अस्पताल गुलरियामा पठाएको थियो ।
जिल्ला अस्पतालमा उपचारपछि कारागार फर्किएका उनलाई पुनःसमस्या देखिएपछि जिल्ला अस्पताल लगिएकामा जिल्ला अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो ।
डाक्टरले भेरी अञ्चल अस्पतालमा पनि उपचार सम्भव नहुने जनाएपछि सुविधा सम्पन्न अस्पतालमा रिफरको प्रक्रिया मिलाउदै गर्दा मृत्यु भएको जिल्ला कारागार गुलरियाका निमित्त जेलर डिल्लीचन्द्र पौडेलले बताए । राहुलको मृत्यु हृदयघातको कारण भएको डाक्टरले जानकारी दिएको पनि पौडेलले बताए ।
राहुलसहित तीन जनालाई डाँका मुद्दामा बर्दिया जिल्ला अदालतले असार ४ गते पुर्पक्षका लागि कारागार पठाएको थियो ।
स्वाथ्य समस्या देखिनेबित्तिकै उपचारको लागि अस्पताल लगिएको चौकीदार प्रेम सोडारीले बताए । मृतकको शव नेपालगञ्ज मेडिकल कलेजको शव गृहमा राखिएको र आफन्त आएपछि पोष्टमार्टम गरिने जेलर डिल्लीचन्द्र पौडेलले बताए ।
जिल्ला कारागार गुलरियामा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेका छन् । १ सय २५ जनाको क्षमता रहेकोमा भए पनि अहिले २ सय ७१ जना रहेका छन् ।
थुनुवा कैदीहरूलाई ठाउँ सानो भएका कारण सुत्न समस्या भएको छ । त्यसैगरी शौचालय जानकालागि पालो कुर्नुपर्ने अवस्था रहेको छ ।
अत्याधिक गर्मीका कारणले कैदी बन्दीहरू बिरामी हुने सख्या बढेको चौकीदार प्रेम सोडारीले गुनासो गरे । बिरामी भएका थुनुवा कैदीलाई नेपालगञ्ज लगेर उपचार गराइरहेको जेलर पौडेलले बताए ।
मानबहादुर चौधरी
संबंधित समाचारहरू
सार्वजनिक यातायातमा कानुन अनुसारका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो
ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई ओटा सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनु…
बलात्कार गरेको कसुरमा १८ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४, शिबचोक घर भइ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने २४ वर्षीय उत्सव गुप्तालाई जिल्ला अदालत ललितपुरको इजलासले…
गाउँबस्तीमा हुने भोजमा दलित र गैरदलितका बेग्ला–बेग्लै भान्सा
नेपाल सरकारले २०६३ सालवाटै छुवाछुत मुक्त राष्ट्र घोषण गरी २०६८ सालबाट काुनन ल्याएर छुवाछुतलाई दण्डनीय बनाएपनि धनकुटाका गाउँबस्तीहरूमा दलित र गैरदलित समुदाय बिचको अन्तर भने कायम नै रहेको दलित समुदायको…
सात महिनादेखि खोप केन्द्रमा खानेपानीको अभाव, सेवाग्राही मर्कामा
भूमे गाउँपालिका–२ खेबाङको खोपकेन्द्रमा सात महिनादेखि खानेपानीको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । १५ महिना मुनिका नवजात शिशुलाई हरेक महिनामा नेपाल सरकारले राष्ट्रिय रूपमा नै खोप दिँदै आएको छ…
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा छलफल
कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरू काम गर्ने क्रममा असुरक्षित रहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले मङ्सिर २० गते सुर्खेतस्थित कार्यालयमा आयोजना…