उपचारका लागि अस्पताल लगिएका कैदीद्वारा विष सेवन, उपचारको क्रममा मृत्यु

  ०७६ जेठ २९ गते

नेपालगन्ज कारागारमा लागुऔषध कारोबार मुद्दामा दुई वर्षदेखि सजाय भोगिरहेका जानकी गाउँपालिका-३ का ३२ वर्षीय सुनिल तिवारीले नेपालगन्ज मेडिकल कलेजको शौचालयमा जेठ २८ गते सेल्फस नामक विषादी सेवन गरी आत्म हत्याको प्रयास गरेका तिवारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरामी परेका सुनिललाई उपचारका लागि अस्पताल लगेको अवस्थामा पत्नीको सहायता लिई विष सेवन गरेको बाँके कारागारका जेलर भरत पाण्डेले बताए ।

जेलर भरत पाण्डेका अनुसार सात वर्षकैद सजाय सुनाइएका सुनिल तिवारीको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । शवको पोष्टमार्टम जेठ २८ गते भेरी प्रादेशिक अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


स्मृति देवकोटा