उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गरः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार र उखु किसान सङ्घर्ष समितिबीच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगद्वारा माघ ७ गते जारी विज्ञप्तिमा चिनी उद्योगीहरूले उखु किसानहरूलाई भुक्तानी दिनुपर्ने बक्यौता रकम नेपाल सरकारसँग भएको सम्झौता अनुरूप सम्झौताको २१ दिनभित्र भुक्तानी दिनुपर्नेमा किसानहरूले आंशिक रकम मात्र प्राप्त गरेको जनाइएको छ ।
साथै विज्ञप्तिमा मृतक उखु किसान नारायण राय यादवको परिवार तथा अन्य किसानहरूले अझै पाउन बाँकी रहेको सम्पूर्ण रकम सम्झौता अनुरुप शीघ्र उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा आयोगको प्रदेश कार्यालय जनकपुरले धनुषा, सर्लाही, महोत्तरी जिल्लाको उखु किसानहरूको श्रम तथा सम्पत्तिको अधिकार, निजहरूले लामो समयदेखि गरिरहेको माग तथा सङ्घर्षका कार्यक्रमहरूलाई नजिकबाट अनुगमन गरिरहेको आयोगले जनाएको छ ।
आयोगले अनुगमनका क्रममा सङ्घर्ष समितिका संयोजक, चिनी मिल व्यवस्थापन र स्थानीय उखु किसानहरूसँग छलफल गरेको उल्लेख गरेको छ ।
साथै विरोध प्रदर्शनको क्रममा काठमाडौँमा पुस १४ गते मृत्यु भएका नारायण राय यादवको सर्लाहीस्थित घरमा पुगी निजको परिवारको आर्थिक, सामाजिक अवस्था तथा उखु किसानहरूले उखुको बक्यौता रकम अझै प्राप्त गरे/नगरेको सम्बन्धमा जानकारी लिएको विज्ञप्तिमा जनाइएको छ ।
त्यसरी बक्यौता रकम उपलब्ध नगराउने उद्योगीहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन र किसानहरूको हक अधिकारको सम्मान र संरक्षण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तमा उल्लेख छ ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
सदरमुकाममा भन्सार कार्यालय, तीन हजार राजश्व बुझाउनका लागि पन्ध्र हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…
विद्यार्थीलाई दुर्व्यवहार गरेको घटनाका आरोपित शिक्षक गिरफ्तार
विद्यार्थीलाई अश्लिल शब्द प्रयोग गरेर म्यासेज पठाएको आरोपमा रत्ननगर नगरपालिका–१० मा रहेको क्रिष्टल कलेजका शिक्षक खैरहनी नगरपालिका–२ निवासी ४० वर्षीय हरि न्यौपानेलाई इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलिले फागुन २०…
स्काभेटरको ठक्करबाट मृत्यु भएकी महिलाका परिवारद्वारा शव बुझ्न अस्वीकार
त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारकी ४५ वर्षीया सरस्वती कुमालको स्काभेटरको ठक्करबाट मृत्यु भएको चार दिन वितिसक्दा पनि शव उठेको छैन । स्काभेटर चालक दाङ जिल्ला निवासी भीमबहादुर बुढाथोकीले फागुन १७ गते सल्यानटार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बुबालाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको भन्दै छिमेकीहरुले फागुन २० गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले मायादेवी गाउँपालिका–२ तिलौरीका २४ वर्षीय रवि भनिने विर्जलाल थारू विरूद्ध फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले विवाहको …