इलाममा ७२ मतदान केन्द्र संवेदनशील

  ०७४ कात्तिक २३ गते

आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्धारण गरिएका १ सय ४४ ओटा मतदान केन्द्रहरूमध्ये ७२ ओटा मतदान केन्द्र सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

सम्वेदनशील मानिएका मतदान केन्द्रहरूमा नेपाली सेना र सशस्त्र प्रहरीलाई विशेष सुरक्षाको जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले बताए ।

जिल्लामा १ सय ४४ मतदान केन्द्रमा रहेका २ सय ६६ मतदानस्थलका लागि करिब ३ हजार सुरक्षाकर्मीहरू परिचालन गरिने र सुरक्षा सम्वेदनशिलताको आधारमा केही ठाउँमा बढी र केही ठाउँमा आवश्यकता बमोजिम रहने प्रजिअ पोखरेलले जानकारी दिए ।


कोकिला ढकाल