इन्सेक र सञ्चारकर्मीको रोहवरमा विप्लव नेतृत्वका कार्यकर्ता रिहा

विप्लव नेतृत्व नेकपाका नगर इञ्चार्ज बर्दघाट नपा–४ का ४५ वर्षीय गणेशबहादुर ढकाललाई चैत १७ गते इन्सेकलगायतका अधिकारकर्मी र सञ्चारकर्मीहरु रोहवरमा जिल्ला प्रशासन कार्यालयबाट रिहा भएका छन् ।

ढकाललाई विप्लव नेतृत्वको नेकपामा रही तोडफोड तथा आगजनीमा संलग्न रहेको आशङ्कामा प्रहरीले फागुन २१ गते घरबाट गिरफ्तार गरेको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि नारयाण पराजुली, सञ्चारकर्मी हरि शर्मा र स्थानीय बुद्धिजिवि रामचन्द्र अधिकारीको रोहवरमा उनलाई रिहा गरिएको हो  । ढकालले आफू अबदेखि उक्त पार्टीबाट अगल रहेको विज्ञप्तिमार्फत जानकारी गराएका थिए  ।


नारयाण पराजुली