इन्सेक र मानव अधिकार समुहद्वारा कोरोना भाइरस बारे सतर्कता अभियान सुरू

  ०७६ फागुन २९ गते

शुद्धोधन गाउँपालिकाको सहयोगमा मानव अधिकार समूह र इन्सेक रुपन्देहीले कोरोना भाइरसको (कोभिड १९) प्रकोपबारे नागरिकलाई सचेतना जगाउने उद्देश्यले फागुन २९ गते देखि सतर्कता अभियान सुरू गरेको छ ।

मानव अधिकार समूहले नागरिकलाई सचेत बनाउने उद्देश्यले माइकिङ्ग, पम्पलेट, पोस्टर मार्फत सन्देश दिदैं  माक्स समेत वितरण गरेको छ । उक्त गपा– ५ बाट पाँचबाट सुरु गरेको अभियान गाउँपालिका प्रत्येक वडामा पाँच दिनसम्म सञ्चालन गरिने निगरानी समूहका अध्यक्ष जगत सापकोटाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले इन्सेकले बिगतदेखिनै महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै गाउँपालिकामा समूह निर्माण गरी रचनात्मक कामहरू सञ्चालन गरेकामा खुसी व्यक्त गर्नु भएको थियो । कोभिड १९का  कारणले जनमानसमा रहेको त्रास कम गरी सतर्कताकालागि थालेको अभियानमा आफ्नो पूर्ण साथ रहने बताउनु भयो । उहाँले अगामी दिनमा सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

शुद्धोधन गाउँपालिकाका प्रवक्ता राजेन्द्र कडेल,  पाँच नम्बर वडाका अध्यक्ष पूण्य गौतम, इन्सेक रुपन्देहीका सहजकर्ता विष्णु घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो ।

2020031302rupandehi

 


इन्सेक प्रदेश ५ कार्यालय,नेपालगञ्ज