इन्सेक रुकुम पुर्व जिल्ला प्रतिनिधि सम्मानित

  ०७७ असार २८ गते

सिस्ने गाउँपालिकाले  मानव अधिकारको क्षेत्रमा  योगदान पुर्‍याएको भन्दै इन्सेक रुकुम पुर्व जिल्ला प्रतिनिधि जयमान बुढा मगरलाई असार २७ गते सम्मान गरेको छ ।

गाउँपालिकाको समृद्धि र विकासका लागि मानव अधिकारको क्षेत्रमा इन्सेक र इन्सेक प्रतिनिधिले सहयोगी भूमिका निर्वाह गरेकोे सम्मान पत्रमा उल्लेख गरिएको छ ।

photo2020071201rukumeast

प्रदेशसभाका सदस्य तेजबहादुर ओली, पूर्व सभासद् जुनकुमारी रोका, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोवर्धन बुढा, प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल  लगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

इन्सेकले गाउँपालिकासँगको  समन्वयमा  शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सवालमा रचनात्मक कार्यक्रम सञ्चालन गरी सहयोग गरेको भन्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताउनु भयो ।


जयमान बुढा मगर