इन्सेक बागमती प्रदेशद्वारा प्रकाश स्मृति दिवसको अवसरमा कारागारमा पुस्तक हस्तान्तरण

  ०७७ साउन १६ गते

अनौपचारिक क्षेत्र सेवा (इन्सेक) का सस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसको अवसर पारेर इन्सेक बागमती प्रदेश कार्यालयले मकवानपुरको भीमफेदी कारागारलाई मानव अधिकारसँग सम्बन्धित पुस्तकहरू हस्तान्तरण गरेको छ ।

प्रदेश संयोजBhimphedi Karagar Photo 6क कृष्ण गौतमले २०७७ साउन १६ गते सन् २०१० देखि २०२० सम्म इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक, मानव अधिकारका ठूला नौ महासन्धि, नेपालको संविधानमा भएका मौलिक हकहरूको संगालो, महिला, दलित र अपाङ्गतासम्बन्धी विद्यमान कानुन तथा नीति र कार्यान्वयनको अवस्था, खाद्य, शिक्षा र स्वास्थ्यसम्बन्धी विद्यमान कानुन तथा नीति र कार्यान्वयनको अवस्था बाल अधिकार शिक्षा प्राचीलगायतका पुस्तक कारागार प्रशासन प्रमुख प्रकाश खनालाई हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश संयोजक गौतमले कारागार प्रमुख खनाललाई पुस्तक हस्तान्तरण गर्दै काराकारलाई सुधार गृहका रुपमा लिनु पर्ने र कैदीबन्दीलाई मानव अधिकार मैत्री व्यवहारको आवश्यकता रहेको बताउनु भयो ।

गौतमले इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयरबस दुर्घटना हुँदा मृत्यु भएको सम्झनामा २०५१ सालदेखि “प्रकाश मानव अधिकार पुरस्कार”को स्थापना गरेको “प्रकाश मानव अधिकार पुरस्कार २०७६” बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रदान गर्ने निर्णय भएको जानकारी दिनु भयो ।Bhimphedi Karagar Photo 10

कार्यक्रममा कारगार प्रशासन प्रमुख प्रकाश खनालले कारागारको भौतिक सुधार गर्नुका साथै स्वास्थ्य उपचारको लागि दुई बेडको कक्ष कारागार भित्रै स्थापना गरिएको जानकारी दिनु भयो ।

उहाँले कारागारका दुई ओटा ब्लकमा पुस्तकालय रहे पनि पुस्तकहरू प्रयाप्त मात्रमा नभएको अवस्थामा मानव अधिकारसँग सम्बन्धित पुस्तक इन्सेकले उपलब्ध गराइदिएकोमा धन्यवाद दिनु भयो । कारागारका कैदीबन्दीलाई मानव अधिकार मैत्री शिक्षाका लागि पुस्तकले सहयोग पुर्याउने उहाँको धारण थियो ।

पुस्तक हस्तान्तरण कार्यक्रममा कारागारका सुरक्षा प्रमुख असई सन्तोष कुमारले कारागारको सुरक्षा प्रबन्ध व्यवस्थित रहेको र कैदीबन्दीको आचरण र व्यवहार सुधार गर्न लागि परेको बताउनु भयो ।

यसैगरी कारागारका चौकिदार सुरेश मोक्तानले कारागार सुधार गृहको रूपमा व्यवस्थापन गर्ने भन्ने सरकारी नीति व्यवहारमा लागु नभएको बताउनु भयो । उहाँले कसैले पोलेको आधारमा सजाय तोकिनु दुखद्  हो, भने भने सजायँ भुक्तान गरेर घर फर्केकाहरुलाई समाजका रुपान्तरण हुन समस्या रहेको बताउनु भएको छ ।

हाल यस भिमफेदी कारागारमा हाल ६६ वर्ष नाघेका १ सय जना र कैद तोकिएका ७ सय ७ जना तथा कैद नताेकिएका २ सय २६ जना सहित जम्मा ९ सय ३१ जना कैदीबन्दी रहेका छन् । 1

23


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा