इन्सेक प्रतिनिधिको समन्वयमा सदा परिवारलाई सहयोग

  ०७६ चैत ९ गते

जनकपुरधाम उमनपा–२५ बस्ने ६२ वर्षीया ज्येष्ठ नागरिक कमधीया देवी सदा र ६३ वर्षीय पति ठकवा सदालाई इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहको पहलमा चैत्र ८ गते खाद्यान्न, लत्ता–कपडा र दाउरा राहत प्रदान गरिएको छ ।

photo20200322dhanusha (1)

सदा दम्पतिको छोरा छोरी नभएकाले गर्दा घरमा वृद्ध अशक्त कमोधिया देवीको रेखदेख र हेरचाह गर्ने कोही नभएर हिड्डुल गर्नुको साथै दिसा पिसाब गर्न समेत निकै समस्या भई रहेको थियो । इन्सेक अनलाईनमा सदा दम्पतिको समाचार प्रकाशित भएपछि जनकपुरका समाजसेवी बैद्यनाथ साह र धर्मेन्द्र साहले सहयोग गर्नु भएको हो ।

सदाको घरमै पुगेर समाजसेवीद्वय, इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, इन्सेक धनुषा प्रतिनिधि सिंह र इन्सेक कार्यक्रम सहजकर्ता संजिव पासवानले चामल, दाल, नुन, तेल, पिठो, साडी, दाउरालगायतका सामाग्री राहत प्रदान गरेका हुन् ।

photo20200322dhanusha (2)

अशक्त वृद्ध कमोधिया देवीलाई वृद्ध पति ठकवा सादाले एक्लै उचालेर हिड्डुल गराउन, उठ–बस र सरसफाई गरि राख्न समेत निकै समस्या भई रहेकाले उपचारको लागि सहयोग गर्नुको साथै उहाँको लागि ह्विल चेयर समेत प्रदान गर्ने समाजसेवी वैद्यनाथ साहले बताउनु भएको छ ।

photo20200322dhanusha (4)


दिपेन्द्रप्रसाद सिंह