इन्सेक प्रतिनिधिको पहलमा पीडितलाई न्याय दिने सारोकारवालाको प्रतिबद्धता
शिवनाथ गाँउपालिका-६ कनालीका विस्थापित शिक्षक दम्पतिले न्यायका लागि पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिलाई असोज ३ गते निवेदन दिएपछि असोज ६ गते बैतडीका इन्सेक जिल्ला प्रतिनिधिले जिल्ला प्रहरी र जिल्ला शिक्षा कार्यालयका प्रमुखलाई भेटी घटनाको बारेमा सत्य तथ्य बुझी पीडितलाई पुनःस्थापित गर्न अनुरोध गरेका छन् ।
"प्रहरी टोली पठाएर एक पटक शिक्षकलाई गाँउमा स्थापित गरिएको र त्यतिवेला अवस्था सामान्य भएको थियो । दलित शिक्षक दम्पतिलाई धम्की दिने र विस्थापित गर्ने व्यक्तिहरू किटान गरी दोषी ठहरिएमा कारबाही गछौँ ।"-जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्ब शर्माले भेटघाटका क्रममा इन्सेक प्रतिनिधिसँग प्रतिबद्धता जनाए ।
इन्सेकको पहलपछि जिल्ला शिक्षा कार्यालयले पनि उक्त घटनामा चासो देखाएको छ । जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले अहिले विद्यालय निरीक्षकलाई समस्या समाधानको लागि उक्त क्षेत्रमा पठाएको र निरीक्षकको प्रतिवेदन आएपश्चात समस्या समाधान गरिने बताए । "अहिले विद्यालय निरीक्षकलाई पठाएका छौँ । उनले समाधान गर्न नसकेको अवस्थामा हामी आफैँ गएर विस्थापित शिक्षकलाई न्याय दिन्छौँ ।"-टेरले भने ।
आफ्नै गाँउबाट विस्थापित भई जिल्ला सदरमुकाम शाहिलेकमा बस्दै आएका ३५ वर्षीय करन राना र ३० वर्षीया पत्नी राजु रानाले स्थानीय गैरदलित समुदायकी छात्रा र दलित समुदायका छात्रलाई विवाह गराएको आरोपमा ०७३ चैत २६ गतेदेखि गाँउमा बस्न नदिएको पीडितहरूले निवेदनमा उल्लेख गरेका छन् ।
राना दम्पति स्थानीय कृष्ण निमावि र हिरापुर माविका शिक्षक हुन् । विस्थापित दम्पति १३ वर्षीया छोरी र नौ वर्षीय छोरासहित कहिले डडेल्धुरास्थित माइती घर र कहिले बैतडी जिल्ला सदरमुकाममा बस्दै आएका छन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…