इन्सेक आबद्ध बाल अधिकार चेतना समूहलाई सामाजिक विकास मन्त्रालयद्वारा सहयोग

  ०७५ असार २५ गते

सामाजिक विकास मन्त्रालय प्रदेश ७ धनगढीले असार २५ गते घरेलु हिंसा, छाउपडी प्रथा बालविवाह तथा कथित बोक्सी प्रथा निरूत्साहित अभियान सञ्चालन गर्नका लागि शुक्लाफाँटा नगरपालिका-५ स्थित शिवशङ्कर माविको इन्सेक आबद्ध बाल अधिकार चेतना समूहलाई १० हजार रुपियाँ सहयोग गरेका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश न. ७ धनगढीको आयोजना तथा इन्सेक, कञ्चनपुरको समन्वयमा असार २५ गते शुक्लाफाँटा नगरपालिका-५ स्थित शिवशङ्कर माविमा सम्पन्न घरेलु हिंसा, छाउपडी प्रथा बालविवाह तथा कथित बोक्सी प्रथा निरूत्साहित अभियान कार्यक्रममा शुक्लाफाँटा नपाका उपप्रमुख तुलसी हमाल र वडा नम्बर ५ का कमलराज गिरीले बाल अधिकार चेतना समूहका अध्यक्ष अशोक नेगीलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयका पधानाध्यापक विष्णुदत्त जोशीको अध्यक्षतामा सम्पन्न अभियान कार्यक्रममा एडजस्ट नेपालका अध्यक्ष चित्रा पनेरूले घरेलु हिंसा, छाउपडी प्रथा बालविवाह तथा कथित बोक्सी प्रथा निरूत्साहित गर्नमा सरोकारवालाको भूमिकाका विषयमा सहजीकरण गरेकी थिइन् ।

1

1

1


कोमलनिरन्जन भाट