इन्सेकसहित अधिकारकर्मीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण
मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित अधिकारकर्मीहरूले प्रदेश १ का नागरिकको स्वास्थ्य अधिकारको रक्षा गर्न माग गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।
प्रदेश १ र मोरङ जिल्लामा क्रियाशिल विभिन्न सङ्घ संस्थाले नागरिकको स्वास्थ्य अधिकारको रक्षा गर्न प्रदेश सरकारसँग वैशाख २३ गते ध्यानाकर्षण पत्रमार्फत माग गरेका हुन् ।
प्रदेश १ को राजधानी विराटनगरमा रहेको नोवेल मेडिकल कजेलले लकडाउनको अवधिमा प्रसुति गराउन आउनु भएकी उदयपुर त्रियुगा नगरपालिका–११ की एक जना गर्भवती महिला र भाँचिएको हातको शल्यक्रिया गराउन अस्पताल भर्ना हुनु भएका एक जना युवालाई उदयपुरवासी भन्दै उपचार नगरी अस्पतालबाट फिर्ता पठाएको विषयमा अधिकारवादीहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
अधिकारवादीहरूले आधारभूत मानव अधिकारको रक्षा गर्न माग गर्दै प्रदेश १ का कानुन मन्त्री हिक्मतकुमार कार्की,सामाजिक विकास मन्त्री जीवन घिमिरे र प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई वैशाख २३ गते ध्यानाकर्षण पत्र बुझाएका छन् ।
प्रदेश १ का कानुन मन्त्री हिक्मतकुमार कार्कीले कोरोना जोखिमका समयमा निजी अस्पतालले उपचारबाट वञ्चित गराएको विषयमा नागरिक समाजबाट खबरदारी गरी राज्यलाई सहयोग पुर्याएको बताउनुभयो ।
मन्त्री कार्कीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार सधैँव तयार रहेको र कुनै पनि नागरिकलाई आगामी दिनमा स्वास्थ्य अधिकारसहित अन्य अधिकारबाट वञ्चित हुन नदिने बताउनुभयो ।
काुनन मन्त्री कार्कीलाई नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष मानबहादुर रुम्दाली, गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सचिव उमेश विश्वकर्मा ,नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेल, इन्सेक प्रदेश १ संयोजक सोमराज थापा,नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेल, मानव अधिकार सञ्जाल मोरङ अध्यक्ष डीकप्रसाद घिमिरे,सिविन नेपाल मोरङ संयोजक वासुदेव अधिकार,ओरेक नेपाल मोरङ संयोजक दीपक सेञ्चुरीलगायत २६ जना अधिकारकर्मीहरूले प्रदेश सरकारले ध्यानाकर्षण गराएको इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनुभयो ।
नेत्रप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…