इन्सेकद्वारा विद्यार्थीलाई स्टेशनरी सहयोग

  ०७६ असार १३ गते

भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई इन्सेकले सहयोग गर्ने क्रममा लिखु गाउँपालिका–३, पट्टाबारीस्थित पञ्चकन्या आधारभुत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ ।

photo20190628nuwakot (2)

विद्यालयका चार जना विद्यार्थीलाई असार १२ गते स्टेशनरी सामग्री सहयोग गरेको हो । वडाअध्यक्ष भोलाप्रसाद सेढाईले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरेका थिए । उनले स्टेशनरी सामग्रीले विद्यार्थीलाई राहत हुने बताए ।

photo20190628nuwakot (1)


नवदीप श्रेष्ठ