इन्सेकद्वारा पीडितलाई आर्थिक सहयोग

  ०७६ असार २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १४ बर्षीया बलात्कार पीडित बालिकालाई न्यायको पहलका लागि आर्थिक सहायोग प्रदान गरेको छ ।
पीडित बालिकालाई जिरी नगरपालिका–५ का सन्तमान जिरेलले पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक जेठ २० गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी गरेपछि न्यायको थप पहल गर्न आर्थिक सहयोग गरिएको हो ।

बाल हेल्पलाईन १०९८ मा फोन गरेपछि आरोपितलाई कारवाहीको दायरामा ल्याउन सकिने जानकारी पाएपछि पीडित परिवारले आरोपितविरूद्ध असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले असार १९ गते गिरफ्तार गरेको थियो ।

उक्त घटनाबारे पीडित परिवारले इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धवप्रसाद पोखरेलसमक्ष असार २१ गते मौखिक रूपमा जानकारी गराई सहयोगको आग्रह गरेपछि इन्सेकद्वारा पीडितलाई न्यायको पहलका लागि आर्थिक सहयोग गरिएको इन्सेक प्रतिनिधि उद्धव पोखरेलले जानकारी गराए ।


इन्सेक प्रदेश ३ कार्यालय, काठमाडौँ