इन्सेकद्वारा घाइतेलाई उपचार सहयोग प्रदान

  ०७४ असोज २ गते

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल नेतृत्वको अधिकारकर्मीको टोलीले जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका इन्द्रकुमार पासवानलाई भटेको छ ।

नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको आक्रमणबाट घाइते भएका नगराइन नपा-८ का १८ वर्षीय इन्द्रकुमार पासवानलाई इन्सेकका अध्यक्ष प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल, इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमलगायतले घाइतेलाई अस्पतालमा पुगेर भेटेका हुन् ।

सो अवसरमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले पीडित परिवारलाई धैर्यताका साथ बस्न अनुरोध गर्दै घाइतेको राम्रोसँग उपचार गराउन भनी २ हजार ५ सय रुपियाँ सहयोग गरेका थिए ।

नगराइन नपा-८ का १८ वर्षीय इन्द्र कुमार पासवान, ३२ वर्षीय पहलाद पासवान, ३५ वर्षीय अरविन्द पासवान, विरेन्द्र राउत र ललन दासलाई सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू परमेश्वर यादव, महेन्द्र यादव र कासिन्द्र यादवलगायतले आक्रमण गरेर घाइते बनाएका थिए । ।

नगराइन नपा-८ स्थित अकौरा भन्ने गाउँमा नेपाली काङ्ग्रेस उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँड्न नपाएपछि एमाले कार्यकर्तामाथि भदौ ३१ गते राति ११ बजे आक्रमण गरेको आरोप छ । तर, प्रहरीले भने अहिलेसम्म आरोपितलाई कुनै किसिमको कारबाही गरेको छैन । चुनावको स्थिति बिथोलिन्छ भन्दै चुनाव लगत्तै कारबाही प्रक्रिया थालिने प्रहरीको भनाई छ ।


विनोदकुमार रविदास