इन्सेकद्वारा कम्प्युटर सहित पाठ्यसामग्री प्रदान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले बाल अधिकारमैत्री वातावरण प्रबर्धन गर्ने उद्देश्यले मङ्सिर १३ गते वीरेन्द्रनगर नपा १० स्थित मदरसा मदिना मावि वेलघारी र जनसेवा मावि घुस्रालाई तीन थान कम्प्युटर सहित स्वास्थ्य, खेलकुद र ज्ञानबर्धन पाठ्य सामग्री प्रदान गरेको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालयकाफोकल पर्सन दिलबहादुर चौधरीका अनुसार मदरसा मदिना माविमा डेक्सटप कम्प्युटर २ थान, सेनेटरीप्याड मेसिन १ थान, सेनेटरी प्याड डिस्पोजल मेसिन १ थान, विभिन्न स्वास्थ्य तथा खेलकुदका सामग्री र २४ थान ज्ञानबर्धन पुस्तक प्रदान गरिएको छ ।
यस्तै जनसेवा मावि घुस्रामा डेक्सटप कम्प्युटर १ थान, स्वास्थ्य तथा खेलकुदका विभिन्न सामग्रीका साथै ४० थान ज्ञानबर्धन पुस्तक वितरण गरिएको पनि फोकल पर्सन चौधरीले जानकारी दिनु भयो ।
इन्सेक केन्द्रीय कार्यालयका व्यवस्थापन शाखा प्रमुख सुभेच्छा खडकाले कम्प्युटर सहित स्वास्थ्य, खेलकुद र ज्ञानबर्धन पाठ्यसामग्री प्रदान गर्दै फिनल्याण्डका बालिबालिकाहरूले संकलन गरी जुटाएको रकमबाट सहयोग प्रदान गरिएको उल्लेख गर्दै सामाग्रीहरूको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
मदरसा मदिना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सजत खानले राज्यको उपेक्षामा परी वर्षौदेखि अभाव झेलिरहेको मदरसालाई इन्सेकले कम्प्युटर सहित स्वास्थ्य, खेलकुद र ज्ञानबर्धन पाठ्सामग्री उपलब्ध गराएको प्रति कृतज्ञता प्रकट गर्नु भयो ।
यस्तै जनसेवा मावि घुस्राका सहायक प्रधानाध्यापक कृष्ण थापाले इन्सेकले विगतदेखि नै शिक्षामा सहयोग गर्दै आएको स्मरण गर्दै यस सहयोगले विद्यालयको शिक्षाको गुणस्तर अभिबृद्धि गर्न ठूलो टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा वीननपा १० की सुनिता चौधरीले पनि इन्सेकले गरेको सहयोग प्रति आभार प्रकट गर्नु भएको थियो ।
कम्प्युटर सहित स्वास्थ्य, खेलकुद तथा ज्ञानबद्र्धक पाठ्य सामग्री प्रदान कार्यक्रममा इन्सेक कर्णाली संयोजक नारायण सुवेदी, इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत सम्झा श्रेष्ठ, मानव अधिकार सुदृद्धिकरण परियोजनाका संयोजक कृष्णप्रसाद नेपाल, लेखा अधिकृत सुधा पौडेल, जनप्रतिनिधि, विव्यसका पदाधिकारीहरू, शिक्षक, बाल क्ल्वका सदस्य, विद्यार्थी र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…