इन्सेकद्वारा खाद्य सामग्री हस्तान्तरण

  ०७७ वैशाख १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कृष्णपुर नगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको  कोराना भाइरस (कोभिड–१९ को सङ्क्रमण र त्यसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका क्रममा समस्यामा परेका नागरिकहरुलाई राहत सहयोग पु¥याउने उद्धेश्यले वैशाख १८ गते नगरपालिकाको कार्यालयमा उक्त खाद्यान्न हस्तान्तरण गरिएको हो ।

लकडाउनका क्रममा प्रभावित अतिविपन्न १५ परिवारका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयद्धारा,कञ्चनपुर जिल्लामा सञ्चालित कियोस परियोजना अन्तर्गत सो खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।

इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले ३ सय ५० केजी चामल, ३० केजी दाल,तीन पेटी तेल , ३० केजी नुन, ३० केजी चिनी र ३० थान साबुन सहयोगस्वरुप कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमाललाई हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश संयोजक जोशीले कोरोना भाइरस संक्रमण रोकथामका लागि सबैको भूमिका महत्वपूर्ण रहेको र स्थानीय तहसँगको समन्वय र सहकार्यलाई निरन्तरता दिदै स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार संरक्षणको लागि सहयोगात्मक भूमिका निर्वाह हुँदै जाने बताउनु भयो ।

इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय अन्तर्गत कियोस परियोजना सञ्चालनमा रहेका दुई ओटा स्थानीय तहहरूमा मानव अधिकार निगरानी समूहको सहकार्यमा सहयोग सामग्री प्रदान गरिने प्रदेश कार्यालयका कार्यक्रम फोकल पर्सन राजकुमार चौधरीले बताउनु भयो ।

खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा कृष्णपुर नगरपालिका नगर प्रमुख कर्णबहादुर हमालले इन्सेकको सहयोगले ठूलो टेवा पुगेको बताउनु भयो ।

photo20200430kanchanpur

 


कोमलनिरन्जन भाट