इन्सेकको रोहवरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रिहा
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको किसान सङ्गठन मेची अञ्चल ब्यूरो संयोजक धनपति गुरागाईलाई इन्सेकको रोहवरमा वैशाख २२ गते छाडिएको छ ।
फुङलिङ नगरपालिका–२ का ६१ वर्षीय गुरागाईलाई जिल्ला प्रशासन कार्यालयबाट इन्सेकको रोहवर तथा पत्रकारको उपस्थितिमा छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले बताए ।
सामान्य जीवन बिताउनका लागि अब उप्रान्त उक्त पार्टीमा नरहने गरी पार्टी परित्याग गरिएको गुरागाईले प्रशासनमा बुझाएको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनलाई प्रहरीले ०७५ चैत २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी संञ्जयसिंह थापाले जानकारी दिए ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…