इन्सेकको प्रयासमा बेवारिस मानसिक रोगीको उद्धार
एक महिनाअघि सडकमा बेहोसी अवस्थामा फेला परेका मानसिक रोगी मोरङ उमनपा–४ घर बताउने करिब ५० वर्षीय दिलकुमार लिम्बुलाई उपचार तथा स्याहारका लागि असार १३ गते मकवानपुरको हेटौँडास्थित मानव सेवा आश्रम पठाइएको छ ।
शारीरिक अवस्थामा सुधार आएको भन्दै अस्पतालले जेठ २५ गते डिस्चार्ज गरेपछि अलपत्र परेका लिम्बुलाई इन्सेकको पहलमा अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले हेटौँडास्थित मानव सेवा आश्रम पठाएको हो ।
उपचारपश्चात परिवारमा पुनर्मिलन वा समुदायमा पुनर्स्थापना गर्न सहयोग र समन्वय गर्ने प्रतिबद्धतासहित हाललाई संरक्षण तथा उपचार गर्न लिम्बुलाई ओसिएमसीले यातायात र बाटो खर्च दिई मानव सेवा आश्रम हेटौँडा पठाएको ओसिएमसीकी फोकल पर्सन मनिषा सिम्खडाले बताइन् ।
सप्तकोशी नपा–४ स्थित फत्तेपुरको बलार्दह चौक नजिकबाट जेठ ९ गते फेला परेका लिम्बुलाई प्रहरी र स्थानीयवासीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको थियो ।
उनको शारीरिक अवस्थामा सुधार आएपनि आफन्त कोही सम्पर्कमा नआउँदा जाने ठाउँ नभएर अलपत्र परेका मानसिक रोगी लिम्बुको पुनस्र्थापनाका लागि इन्सेक सप्तरीले पहल गरेको थियो ।
अस्पतालबाट डिस्चार्च भएपछि शैयाबाट हटाइका उनी आकस्मिक कक्षको मुल ढोकाको भुईमा सुत्ने गरेका थिए ।
मानसिक उपचार गर्ने अस्पताल नभएकाले शारीरिक स्वास्थ्य उपचार पछि बेवारिसे व्यक्तिहरुलाई कहाँ पठाउने भन्ने समस्या आउने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका डा. रणजितकुमार झा बताउँछन् ।
यसैगरी अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ बाट गत फागुन ९ गते हात्तीको आक्रमणमा परेर घाइते अवस्थामा फेला परेकी बेवारिस एक महिलालाई पनि थप उपचार र स्याहारका लागि अन्यत्र पठाउने इन्सेकले पहल गरिरहेको छ । उनी पनि सोही अस्पतालको अन्तरङ्ग विभागमा अलपत्र परेकी छिन् ।
‘बेवारिसे अवस्थामा फेला परेकी महिला स्वास्थ्य र सामाजिक सुरक्षाबाट वञ्चित’ शीर्षकको समाचार चैत २० गते इन्सेक अनलाइनमा प्रकाशन भएपछि इन्सेक सप्तरीकै पहलमा उनको उपचार र स्याहार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो ।
नाम, ठेगाना, उमेर बताउन नसक्ने बेवारिस महिलालाई असार ३ गते उद्धारका साथै पुनर्स्थापनाका लागि भक्तपुरस्थित आफ्नो घर आश्रम पठाइए पनि राख्ने ठाउँ नभएको भन्दै फर्काएपछि असार ४ गते राजविराजस्थित अस्पतालमै भर्ना गरिएको थियो ।
इन्सेक अनलाइनमा असार ४ गते ‘उद्धार गरिएकी मानसिक बिरामीले आश्रयस्थलमा आश्रय पाइनन्’ समाचार प्रकाशित छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…